राष्ट्रिय युवा संघ नेपाल गुल्मीले सम्पन्न गर्यो मोटरसाइकल र्याली प्रदर्शन
रामकृष्ण कंडेल,गुल्मी✍️
राष्ट्रिय युवा संघ नेपाल,गुल्मीको अगुवाइमा गणतन्त्रको पक्षमा गुल्मीको तम्घासमा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ।
तम्घासमा मोटरसाइकल र्याली प्रदर्शन पश्चात आयोजित कोण सभामा राष्ट्रिय युवा संघ नेपाल,गुल्मी ईन्चार्ज कपुर घिमीरे तथा राष्ट्रिय युवा संघ नेपाल,गुल्मी अध्यक्ष कृष्ण आचार्यले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश प्रबाह गर्नका लागि आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो।यो ब्यबस्था ल्याऊनका लागि निकै ठुलो बलिदानी दिनुपरेको संस्मरण गर्दै युवा नेताहरुले कोण सभामा आजको र्याली को बारेमा आफ्नो बिचार राख्दै भन्नुभयोः’यो एउटा सान्केतिक झिल्को मात्र हो’
कार्यक्रममा सम्बोधन गर्दै युवा नेताहरूले परिवर्तनका नाममा देशमा अतिवाद ल्याउन खोजिएको आरोप लगाए। राजावादीका नाममा गरिएको गतिविधि संविधान विपरीत भएको बताए।सम्बोधनको क्रममा अतिवादी समूहले गरेको आक्रमणले सबैतिर क्षति गरेको उल्लेख गर्दै त्यो क्षति उनीहरूलाई समेत भएको नेताहरूको भनाई थियो।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण सुनार,जिल्ला कमिटी सचिब धर्म बिश्वकर्मा, जिल्ला कमिटी उपसचिब चक्रबन्धु भुसाल लगायतका नेताहरू उपस्थित कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल,गुल्मीका नेताहरुको सहभागिता रहेको थियो।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सचिब सन्दिप खत्रीको सन्चालनमा कोण सभा सम्पन्न भएको थियो।