एमाले नेता सुनार भूमि आयोग गुल्मीको अध्यक्षमा नियुक्त
युनिक खवर✍️
नेकपा एमाले गुल्मीका नेता कृष्ण सुनार भूमि समस्या समाधान आयोग,जिल्ला समिति गुल्मीको अध्यक्षमा नियुक्त हुनुभएको छ।
एमाले गुल्मीका पूर्व उपाध्यक्ष तथा हाल लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेका रेसुंगा नगरपालिका वडानं ६ निवासी नेता सुनारले सोमबार आयोगको अध्यक्ष पदको शपथ लिनुभएको समाचार युनिक खवर डट कम लाई प्राप्त भएको छ। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्रिस्तरीय २०८१ पुस २९ गतेको निर्णयानुसार केसीलाई भूमि समस्या समाधान आयोग, जिल्ला समिति गुल्मीको अध्यक्षमा नियुक्ति गरिएको पत्रमा उल्लेख छ ।
नबनियुक्त अध्यक्ष कृष्ण सुनार लाई कार्यकालको शुभकामना!