भष्ट्रचार सरकारका वरीपरी दमाह र नर्सिंह बजाई रहेको छ भन्दै डा.भन्डारीले तँ ठुलो कि म ठुलो भनि सरकार र सम्वन्धित संबैधानिक निकायलाई चुनौँति दिईरहेको अवस्थामा देशका हानिकारक खराब तत्व हरू लाई भाषण बाट भन्दा पनि ब्यबहार बाटै पाता कस्न आग्रह गर्नु भएको छ।
मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।पेट्रोलको मुल्य बढेतापनि अन्य मुल्यहरु भने यथावत राखिएका छन् ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सोमबार एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ सय पुगेको हो। समुदायस्तरमै कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै जोखिम बढेको छ।
काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
गण्डकी प्रदेशको लमजुङ जिल्लामा २६ जना, नवलपुर बसुपुमा १० जना र कास्कीमा २ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । आज मात्रै थपिएका ३९ जना सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२०५ पुगेको छ ।
शनिवार विरामी लिएर काठमाडौ गएको एम्बुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घटनामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती पवित्रा पोख्रेल घाइते भएका छन् । उनिहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
केटी बनेर केटालाई प्रलोभनमा पारि विभिन्न अस्लिल फोटोहरु पठाउन लगाई रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु, भनेर ब्ल्याकमेलिङ गरेको आरोपमा धनबहादुर शाही पक्राउ परेका छन् ।
विकट क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि व्यक्तिगत तबरले केसी त्यस क्षेत्रमा पुगेका हुन् । तर कोरोनाको जोखिम हुने भन्दै सर्वसाधारणको स्वास्थ्य परिक्षणमा प्रहरी प्रशासनले रोक लगाएको छ । डा. केसी १८ गतेदेखि १९ औं सत्याग्रहको तयारीमा छन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनी अहिले होम आइशोलेसनमा बसेका छन् । उनी लाई कुनै कोरोना संक्रमणको लक्षण देखिएको छैन ।